शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

दराजमल फेस्ट घोषणाः प्रीमियम राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डमा अद्भुत छुट

दैनिक नेपाल २०७९ साउन ३० गते ९:३९

काठमाडौं, ३० साउन । नेपालको अग्रणी अनलाइन बजार, दराजले साउन ३० (१५ अगस्ट, २०२२) देखि दराजमल फेस्ट सुरु गर्ने घोषणा गरेको छ ।

यस अभियानले दराज मलमार्फत दराजका ग्राहकहरूलाई अद्वितीय र प्रिमियम शपिङ अनुभव प्रदान गर्ने कुरामा केन्द्रित हुने कम्पनीले जनाएको छ ।

अभियानको मुख्य विशेषताहरूमा एड टु कार्ट एण्ड विन, रु ७००० सम्मको भाउचरहरू, ब्रान्ड अफ द डे, फ्ल्यास सेल, शेक शेक र वाल अफ फेम रहेको छ ।

दराजमल, दराजद्वारा सुरु गरिएको एक अनलाइन शपिंङ मल हो जसमा सोनी, सामसंङ, गोल्डस्टार, रिम्याक्स, वाइल्डहर्न साथै ५०० भन्दा बढी अग्रणी राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डहरु चित्रित छन् ।

१०० प्रतिशत प्रामाणिक उत्पादनहरु र १४ दिन फिर्ता नीतिसँग दराजमलले ग्राहकहरुलाई राम्रो किनमेलको अनुभव सुनिश्चित गर्नको लागि प्रदान गर्दछ। त्यसैकारण, दराजमल फेस्ट ग्राहकहरुको लागि अद्भुत मूल्यहरुमा आफ्नो मनपर्ने प्रीमियम ब्रान्डहरु खरिद गर्नको लागि एक सुनौलो अवसर हो ।

विगतमा जस्तै, ग्राहकहरुले दराजमल फेस्टमा बैंक डेज छुट मार्फत डेबिट र क्रेडिट कार्डबाट प्री पेमेन्ट गर्दा थप १५ प्रतिशत रु ७५० सम्म छुट पाउन सक्छन् । बैंक डेज अफर निम्नानुसार छन् ।

मंगलबार – ग्लोबल ई एम ई बैंकबाट क्रेडिट कार्ड भुक्तानीमा १५ प्रतिशत रु ७५० सम्मको छुट÷डेबिट कार्ड भुक्तानीमा १० प्रतिशत  ५०० सम्म छुट

बिहीबार – मेगा बैंकबाट क्रेडिट कार्ड भुक्तानीमा १५ प्रतिशत छुट/डेबिट कार्ड भुक्तानीमा १० प्रतिशत रु ५०० सम्म छुट

शुक्रबार – नबिल बैंकबाट डेबिट/क्रेडिट कार्ड भुक्तानीमा १० प्रतिशत छुट (अधिकतम रु ५००)

शनिबार – स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट डेबिट/क्रेडिट कार्ड भुक्तानीमा १० प्रतिशत छुट (अधिकतम रु ५००) रहेका छन् ।

त्यसमा थप्दै, पहिलो पटक भिसा कार्ड भएका दराज प्रयोगकर्ताहरूले भिसा डेबिट कार्ड÷क्रेडिट कार्डमा १० प्रतिशत (अधिकतम रु. ५०० सम्म) को अतिरिक्त प्रि–पेमेन्ट छुट प्राप्त गर्न सक्छन् । त्यसैगरी, दराजमा किनमेल गर्ने र इसेवा वालेटमार्फत भुक्तानी गर्ने ग्राहकले १०% अधिकतम रु ३५० सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

यी बाहेक, ब्रान्ड अफ द डे जस्ता अफरहरूले ग्राहकहरूलाई उनीहरूको मनपर्ने ब्रान्डहरूमा थप छुटहरू प्राप्त गर्ने अवसर प्रदान गर्दछ । अभियानको अवधिभर प्रत्येक दिन एउटा चयन गरिएको दराज मल ब्रान्डले आफ्ना उत्पादनहरूमा विशेष छुट दिनेछ । उदाहरणका लागि, आमायरा फेसन हाउसले आफ्ना सबै उत्पादनहरूमा ६० प्रतिशतसम्म छुट दिनेछ, एर्कले आफ्ना

सबै उत्पादनहरूमा १० प्रतिशतसम्म छुट र फ्यानटेकले अभियानका क्रममा आफ्ना उत्पादनहरूमा ५५ प्रतिशतसम्म छुट उपलब्ध गराउनेछ । तसर्थ, ग्राहकहरूलाई महोत्सव अवधिभर अपडेट रहन सल्लाह दिइन्छ ।

अगाडि बढ्दै, धेरै लोकप्रिय एड टु कार्ट एण्ड विनले ग्राहकहरूलाई आफ्नो कार्टमा आफ्ना मनपर्ने दराज मल उत्पादनहरू थपेर अभियान भरि हरेक दिन भाउचर जित्ने मौका प्रदान गर्दछ। । साथै, दराजका नयाँ प्रयोगकर्ताहरूले पहिलो अर्डरमा रु.२०० को भाउचर प्राप्त गर्न सक्नेछन् भने दराज गेम्स, दराज लाइभ र सेलर भाउचरमार्फत थप छुट पनि पाउनेछन् ।

समग्रमा, दराज मल फेस्ट भनेको प्रामाणिक उत्पादनहरू प्रदान गर्ने र दराजका ग्राहकहरूको समग्र किनमेल अनुभवलाई अभिवृद्धि गर्ने बारे एक अद्भुत अवसर हो ।

प्रतिक्रिया
सम्बन्धित