
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विवादित नागरिकता विधेयक फिर्ता गरेकी छन् ।
राष्ट्रपति कार्यालय शीतल निवासका प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तिमा नेपालको संविधन बमोजिम नागरिकता प्राप्तिसम्बन्धी विषयमा संघीय संसदबाट पुनर्विचार हुन आवश्यक देखिएकोले नेपालको संविधानको धारा ११३ को उपधारा (३) बमोजिम सन्देशसहित विधेयक फिर्ता पठाइएको उल्लेख छ ।
नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रतिनिधिसभाबाट प्रमाणित भई नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरणका लागि पेश भएको थियो ।
















प्रतिक्रिया