२९ आश्विन २०८३, बिहिबार

माओवादी केन्द्रकै चुनाव चिन्हमा फर्किए बाबुराम

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ साउन ।  नेकपा माओवादी केन्द्रको चुनाव चिह्न र एउटै घोषणापत्र लगायत विषयमा भएको सहमतिबारे नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले पदाधिकारीहरूलाई ब्रिफिङ गरेका छन्।

​काठमाडौंको सुविधानगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकमा प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा नेकपा माओवादी केन्द्रको चुनाव चिह्न हँसिया हथौडा लिएर उम्मेदवारी दिने विषयमा भएको मौखिक सहमतिबारे उनले जानकारी गराएका हुन्।

स्रोतका अनुसार बैठकमा अध्यक्षद्वय भट्टराई र महिन्द्र राय यादव, सहअध्यक्ष गंगा नारायण श्रेष्ठ, उपाध्यक्षहरू लगायतका पदाधिकारी र र पूर्व कार्यकारिणी सदस्यहरु उपस्थित थिए।