
काठमाडौं, २९ साउन । खानेपानीको मुहानमा फोहोर फालेको भनेर काठमाडौंकै तारकेश्वर नगरपालिका–३ का स्थानीय वासिन्दाले फोहोर लिएर बञ्चरेडाँडा गएको गाडीहरु रोकेका छन ।
खोलाको पानी तारकेश्वर नगरपालिका–३ डाँडागाउँमा पर्ने नेपाल टोलमा ल्याएर खाने गरिएको एक वडाध्यक्षले बताए ।
नदी किनारमा बिहानै फोहोरको थुप्रो देखेपछि स्थानीय युवाले सडक अवरुद्ध गरे । फोहोर फाल्नेहरुलाई कारवाही गर्न माग गर्दै सडक अवरुद्ध गरेपछि काठमाडौंबाट फोहोर लिएर गएका टिपरहरु पनि बञ्चरेडाँडा जान सकेनन् ।















प्रतिक्रिया