२९ आश्विन २०८३, बिहिबार

दलबीच प्रतिस्पर्धा गरौँ, शत्रुता होइन : अध्यक्ष ओली

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ साउन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा लोकतन्त्रमा दलहरुबीच प्रतिस्पर्धा हुने भन्दै स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् ।

आज लोकतान्त्रिक शेर्पा संघको दोस्रो अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले स्वस्थ प्रतिस्पर्धा हुनुपर्नेमा जोड दिए ।

उनले एमाले बहुदलीय व्यवस्थाअनुसार प्रतिस्पर्धा गर्न तयार रहेको बताए । ‘लोकतन्त्रमा प्रतिस्पर्धा हुन्छ, दलबीच प्रतिस्पर्धा गरौँ, शत्रुता होइन’, उनले भने ।

उनले देशमा द्वन्द्व हुँदा बाहिरी शक्तिको चलखेल हुने र देश अप्ठ्यारोमा पर्ने बताए ।

उनले देशको राजनीतिलाई सही ढङ्गबाट बढाउनका लागि एमाले मजबुत हुनुपर्नेमा जोड दिए ।