शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

माधवको पार्टीमा भाँडभैलो, ओलीसँग मिल्नैपर्ने

दैनिक नेपाल २०७९ साउन २८ गते २०:४५

काठमाडौं, २८ साउन ।  सत्ता गठबन्धनका निर्णायक छलफलमा नेकपा (एकीकृत समाजवादी) सहभागी भएपनि सहायक जस्तै मात्र छ ।

झनै स्थानीय तहको निर्वाचनमा बेइमानी भएको आरोप समाजवादीले ठम्याई छ । संसदीय निर्वाचनमा समेत तालमेल गर्दै जाने उसको लाइन छ ।

तर काँग्रेसले यसरी नै हेप्न थाले एमालेसँग मिल्ने बाटो समाजवादीले रोज्ने देखिन्छ । हुन त हस्ताक्षर गरेरै सत्ता गठबन्धनसँगै मिलेर जान अघि सरेको एकीकृत समाजवादीभित्र अहिले छटलपटी सुरु भएको बताइन्छ ।

दलका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले खुलेरै सार्वजनिक कार्यक्रममा बाम एकता नभए पनि तालमेललाई जोड दिनुपर्ने, एमालेले पनि त्यसमा चासो देखाउनुपर्ने भनेका थिए । उनको आशय थियो एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाम एकता वा तालमेलका लागि अग्रसरता देखाऊन् ।

तर अध्यक्ष ओलीले कम्युनिष्ट सरकार ढालेर कांग्रेसलाई सत्ता सुम्पनेहरु बाम हुन नसक्ने भन्दै चासो देखाएनन् । यद्यपि एकीकृत समाजवादीभित्र आफ्नो वर्चस्व कायम गर्न पनि एमालेको साथ आवश्यक देखिन्छ । उता गठबन्धनमा भने नाम मात्रैको हिस्सा हुने देखेपछि दलका नेतादेखि कार्यकर्तासम्म विचलित देखिएका छन् ।

भर्खरै जन्मिएर तंरिन नपाउँदै नेकपा एकीकृत समाजवादीका नेताहरु खुलेआम एमालेका अध्यक्ष ओलीसँग मिल्नुको विकल्प नभएको बताउँछन् । र त्यो मिलन मंसिर ४ को निर्वाचनअघि नै हुने उनीहरुको दाबी पनि छ ।

अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको शक्ति टकरावकै कारण गत बर्षको भदौंमा एमाले विभाजित भएर नेकपा एकीकृत समाजवादी बनेको थियो ।

त्यसयता सत्ता गठबन्धनमै सामेल भएर समाजवादीले स्थानीय तहको चुनावमा भाग त लियो । जम्मा २० पालिकामा खुम्चिएपछि काँग्रेस र माओवादीमाथि रोष देखाइरहेको छ ।

अब काँग्रेस र गठबन्धनको पेलाइमा बस्ने कि पुन एमालेमै शरण पर्ने भन्ने विकल्पहरू अघि सर्न थालेका छन ।

प्रतिक्रिया
सम्बन्धित