३० आश्विन २०८३, शुक्रबार

निहारिकाको मुद्दामा राष्ट्रपतिको चासो, कानून मन्त्री र महान्यायाधिवक्ता बोलाईन

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ साउन । न्यायको माग गर्दै आमरण अनशनमा रहेकी कुमारी आमा निहारिका राजपूतको विषयमा राष्ट्रपति विद्यादेवी भण्डारीले चासो दिएकी छन् ।

उनले आज कानून मन्त्री गोविन्द बन्दी र महान्यायाधिवक्ता खम्बबहादुर खातीलाई बोलाएर यस विषयमा ध्यानाकर्षण गराएकी हुन ।

हिजो निहारिकाले राष्ट्रपति भवन शीतल निवास अगाडि शरिरमा पेट्रोल खन्याएर आत्मदाह प्रयास गरेकी थिइन् । तर, प्रहरीले हस्तक्षेप गरी उनको ज्यान जोगाएको थियो ।

९ दिनदेखि आमरण अनशनमा रहेकी उनले आफूमाथि ‘बलात्कार गर्ने’ व्यक्तिलाई पक्राउ गर्नुपर्ने र बच्चाको डीएनए टेस्ट गर्नुपर्ने लगायतका माग राखेकी छन् ।।