२९ आश्विन २०८३, बिहिबार

एमाले झापा-काठमाडौं सम्पर्क मञ्चको तीज विशेष कार्यक्रम, हेर्नुस् तस्वीरमा

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ साउन । नेकपा (एमाले) झापा-काठमाडौं सम्पर्क मञ्चले हरितालिका तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ ।

आज तीनकुनेस्थित ताज बैंकिटमा आयोजित कार्यक्रममा एमालेका सम्पर्क मञ्चमा आवद्ध महिला तथा पुरुषहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि रहेका पार्टी अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा सम्पर्क मञ्च समन्वय समितिका इन्चार्ज लालबाबु पण्डित र प्रतिनिधिसभा सांसद पवित्रा निरौला खरेल, अनेरास्ववियुकी अध्यक्ष सुनिता बराललगायतले तीजको शुभकामना दिएका थिए ।

कार्यक्रममा कवि तथा प्राज्ञ देवी नेपालले नारी सशक्तिकरणको कविता वाचन गरेका थिए । त्यस्तै, वरिषठ गायक तथा संगीतकार टिका भण्डारीले विभिन्न सांगीतिक कोसेली प्रस्तुत गरेका थिए ।

विभिन्न क्षेत्रबाट एमालेको प्रतिनिधित्व गर्ने महिला दिदीबहिनीहरुसहित पुरुषहरुको पनि उल्लेख्य उपस्थिति रहेको कार्यक्रममा नाचगान गरेर तथा दर खाएर मनाइएको थियो ।

कार्यक्रममा उपस्थितहरुलाई झापा काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष सुरज काफ्लेले स्वागत गरेका थिए । कार्यक्रमको अध्यक्षता मिनु पोखरेलले गरेकी थिइन् भने पुष्पा अधिकारीले सहजिकरण गरेकी थिइन् ।

हेर्नुस् तस्वीर