बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

पेटमा बच्चा बोकाएर भागेको केटो आज राज्यले किन खोज्दैन ?

ज्वाला सङ्ग्रौला २०७९ साउन २८ गते १७:०६

कसरी अन्याय गर्छन्, विबेक गुमाउँछन्, भिक्टिम ब्लेमिङ (पीडितलाई दोष दिन) र शेमिङ (लाजमर्दो) गर्छन् र अन्त्यमा अलपत्र पार्छन् नेपालका अधिकारकर्मीहरूका हुल अनि न्यायिक संयन्त्रहरुले भन्ने कुराको ज्वलन्त उदाहरण हुन् कुमारी आमा निहारिका राजपुत ।

पेटमा बच्चा बोकाएर भागेको केटो आज राज्यले किन खोज्दैन ? किन उसलाई समातेर कानुनी दायरामा ल्याउदैन ? किन डीएनए टेस्ट गरिँदैन उसको ? यति गर्न नेपालको अदालतलाई के ले रोकेको छ ?

ज्वाला सङ्ग्रौला

यदि निहारिकाको ठाउँमा कुनै नेताकी छोरी भइदिएको भए उनलाई टाढैबाट हेर्ने युवकको आँखा चिम्टाले झिक्थे होला यो देशका गृहमन्त्रीले । तर, उनी सामान्य गरिबकी छोरी परिन् तसर्थ अन्याय सहँदा सहँदै अन्त्यमा अस्पतालको मानसिक कक्षमा भर्ना हुन पुगिन् ।

केटाले त अन्याय गर्यो–गर्यो, तर उनलाई न्याय दिन्छु भनेर पाखुरा बजार्ने र थुतुनो बजाउनेहरूले नै आज उनलाई यो स्थितिमा पुर्याएका छन् । शुरूबाटै जिम्मा लिनेले यो केशलाई बिना कुनै लोभ र डर अडिग भएर फलोअप गरिदिएको भए आज उनको यो हालत हुने थिएन ।

हिजो उनको नाम भजाएर मिडियामा देखा परेका जालिम चेहराहरू कता भूमिगत भए ? चाहे निहारिका बलात्कृत भएकी हुन् अथवा प्रेम सम्बन्धबाटै गर्भवती बनेकी हुन् अब यो डिबेटको बिषय हुँदै होइन र हुनु पनि हुँदैन ।

बस् पेट बोकाएर उत्तरदायित्वबाट भाग्ने शिवराजलाई जसरी पनि २४ घण्टाभित्र राज्यले गिरफ्तार गरेर अदालतमा दाखिला गरोस् । होइन भने हामी बिद्रोहको तयारी गर्छौं ।

प्रतिक्रिया
सम्बन्धित