शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

सेन्टिज सहरमा पारिवारिक विवादमा गोली चल्दा २ बालबालिकासहित ११ जनाको मृत्यु

दैनिक नेपाल २०७९ साउन २८ गते १०:२०

काठमाडौं । मोन्टेनेग्रोको सेन्टिज सहरमा पारिवारिक विवादमा भएको आक्रमणमा ११ जनाको मृत्यु भएको छ ।

विवादपछि एक व्यक्तिले गोली चलाउँदा ११ जनाको मृत्यु भएको हो भने केही घाइते भएका बताइएको छ ।

पारिवारिक विवादका क्रममा एक ३४ वर्षीय बन्धुकधारीले एकै घरका तीन जनाको हत्या गरेको बीबीसीले उल्लेख गरेको छ । त्यसपछि उनले सोही हतियारको प्रयोग गरी स्थानीय सात जना व्यक्तिको हत्या गरेका छन् ।

हतियारसहित आक्रमणमा उत्रिएका ती व्यक्तिलाई एक सर्वसाधारणले गोली हानी हत्या गरेका छन् । त्यसपछि मात्रै आक्रमणको सिलसिला रोकिएको थियो ।

ती व्यक्तिले घटना गराउनुको कारण भने नखुलेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । –एजेन्सी

प्रतिक्रिया
सम्बन्धित