शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

एक दिन अघि सर्‍यो फिफा विश्वकप

दैनिक नेपाल २०७९ साउन २७ गते ७:४८

काठमाडौं, २७ साउन । आगामी नोभेम्बर–डिसेम्बरमा कतारमा हुने फिफा विश्वकप फुटबल एक दिन अघि सारिएको छ ।

यसअघि नोभेम्बर २१ देखि विश्वकप सुरु हुने तालिका भएकोमा अब एक दिन अघि अर्थात नोभेम्बर २० मै विश्वकप सुरु हुने भएको छ ।

पहिलो खेलमा आयोजक कतार र इक्वेडरबीच उद्घाटन खेल खेल्नेछ । यसअघिको तालिकामा कतार र इक्वेडरबीचको खेल नोभेम्बर २१ मा तेस्रो खेलको रुपमा थियो भने नेदरल्याण्ड्स र सेनेगलबीच पहिलो खेल हुने तय थियो ।

तर आयोजकले विश्वकपको पहिलो खेल खेल्दै आएको चलनलाई निरन्तरता दिन विश्वकप एक दिन अगाडि सारिएको हो ।

आयोजक देश कतार र विश्व फुटबलको सर्वोच्च निकाय फिफाबीचको छलफलपछि खेल एक दिन अघि सारिएको हो ।

कतार र इक्वेडरबीचको खेल अघिल्लो दिन सारेपछि अब नोभेम्बर २१ मा तीन खेल मात्र हुनेछ । जसमा समूह ‘ए’ का नेदरल्याण्ड्स र सेनेगल तथा समूह ‘बी’ का इंग्ल्याण्ड र इरान तथा वेल्स र अमेरिकाबीच खेल हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित