३० आश्विन २०८३, शुक्रबार

एमाले सचिवालय बैठक बस्दै, के-के छन् एजेण्डा ?

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक बस्दैछ ।

आगामी मंसिर ४ गते हुने संघ र प्रदेशसभाको निर्वाचनका लागि रणनीति बनाउन एमाले बैठक बस्न लागेको हो ।

बैठक आज १२ बजे ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बस्ने छ ।

बैठकमा समसामयिक राजनीतिका साथै मंसिर ४ मा निर्धारित प्रदेश र प्रतिनिधि सभा निर्वाचनको रणनीति, चुनावी एजेण्डा लगायतका विषयमा छलफल हुने एमालेले जनाएको छ ।

बैठकले पोलिटब्युरो र केन्द्रीय समितिको बैठकको मिति तोक्नसक्ने सम्भावना पनि छ ।