३० आश्विन २०८३, शुक्रबार

आइएमई जनरल इन्स्योरेन्सद्वारा विपन्न क्यान्सर पिडितका लागि २ लाख ५० हजार सहयोग

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ साउन । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल क्यान्सर हस्पिटल, हरिसिद्धि, ललितपुरलाई २ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।

हस्पिटलले कमजोर आर्थिक स्थिति भएका क्यान्सर रोगी बिरामीहरुको निःशुल्क रुपमा उपचार गरिरहेको र सोही क्रममा कम्पनीले आर्थिक सहयोग गरेको हो ।

कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले हस्पिटलका प्रमुख कार्यकारी अधिकृत डा. बच्चु कैलाश कैलीलाई चेक हस्तान्तरण गरे ।

कार्यक्रममा अस्पतालले आर्थिक रुपले विपन्न नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई क्यान्सर जस्तो घातक रोग लाग्दा निःशुल्क रुपमा उपचार गर्ने कार्य गरेकोमा नेपाल क्यान्सर हस्पिटलका शेयरधनी तथा व्यवस्थापन समूहलाई धन्यवाद दिँदै यस्तो पुण्य कार्यमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको तर्फबाट सानो आर्थिक सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरे ।