३० आश्विन २०८३, शुक्रबार

नर्भिक अस्पताललाई दिएको २४ घण्टे अल्टिमेटम तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २५ साउन ।  काठमाडौं महानगरपालिकाले नर्भिक अस्पताललाई नियमविपरीत बनाएका संरचना हटाउन दिएको २४ घण्टे अल्टिमेटम तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालिन आदेश दिएको छ ।

नर्भिक अस्पतालले मंगलबार दिएको रिटमा पहिलो सुनुवाई गर्दै न्यायाधीश मनोजकुमार शर्माको इजलासले उक्त अल्टिमेटम तत्काल कार्यान्वयन नगर्न आदेश दिएको सर्वोच्चका प्रवक्ता विमल पौडेलले बताए ।

उनका अनुसार यो विषयमा छलफल गर्न इजलासले दुवैपक्षलाई सोमबार बोलाएको छ । दुवैपक्षको बहस सुनेपछि यो आदेशलाई निरन्तरता दिने वा नदिने भन्ने अर्को आदेश हुनेछ ।