
काठमाडौं, २५ साउन । प्रभु बैंक लिमिटेड र लोकहित डेन्टल हस्पिटल प्रा.लिबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।
बैंकका तर्फबाट डिजिटल सेल्स् विभागका प्रमुख भेष राज धमला त्रिशुली लोकहित डेन्टल हस्पिटल प्रा .लि तर्फबाट अध्यक्ष डा.गणेश साहद्वारा सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
प्रभु बैंक र हस्पिटबीचको सम्झौताअनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका सम्पूर्ण ग्राहक महानुभावहरुले हस्पिटलद्वारा सञ्चालित सेवामा १० प्रतिशत छुट प्राप्त हुने भएको छ । यद्यपि बिल रकम रु ५०० भन्दा कम भएमा छुट प्रदान नहुने जानकारी गराइन्छ ।
सम्झौताअन्तर्गत लोकहित डेन्टल हस्पिटलमा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहक महानुभावहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, लोकहित डेन्टल हस्पिटल प्रा .लि.का उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाइएको छ । यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक महानुभावहरु लाभान्वित हुनुहुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।















प्रतिक्रिया