३० आश्विन २०८३, शुक्रबार

भायानेटको नयाँ शाखा अब महेन्द्रनगरमा

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महेन्द्रनगर, २५ साउन । भायानेट कम्युनिकेसन लि. ले महेन्द्रनगरमा आफ्नो नयाँ शाखा विस्तार गरेको छ ।

आफ्नो ग्राहकहरूका लागि समय–समयमा विभिन्न योजनाहरू संचालन गर्ने भायानेटका योजनाहरूबाट अब महेन्द्रनगरका सर्व–साधारण पनि लाभान्वित हुनेछन् ।

पछिल्लो समय ग्राहकले भायानेटको अल्ट्रा–फाई जस्ता योजनाहरूमार्फत सुपथ मुल्यमा उच्चस्तरको इन्टरनेटसँगै १७५ भन्दा बढी च्यानल भएको भायाटिभीको मजा लिन पाउनेछन् ।

यसै सन्दर्भमा महेन्द्रनगरमा सेवा विस्तार भएको खुशीयाली बाँड्न कम्पनीले आफ्नो अल्ट्राफाई प्याकेजमा ४ महिनासम्मको फ्रीओपेनिङ अफर उपलब्ध गराएको छ ।

साथै यो सेवा लिँदा ग्राहकले इन्टरनेट, वाईफाई डिभाइस र भायाटिभीको प्राइमरी सेट–अप–बक्स इन्स्टलेसन पनि निःशुल्क पाउनेछन् । यो सुविधा भने कम्पनीले सिमित अवधिको लागि ल्याएको छ । भायानेट महेन्द्रनगर भीमदत्तनगरपालिका वडा नं. १८ प्रभु बैंक नजिकै खोलिएको छ ।

भायानेटले नेपालमा पहिलो पटक फाइबर अप्टिक इन्टरनेट सेवा उपलब्ध गराएको थियो भने सन् २०१६ मा यसले नेपालमा पहिलो आइपि टिभी सेवाको पनि शुभारम्भ गरेको थियो । तीव्र गतिको स्तरीय इन्टरनेट सेवाप्रदायकको रुपमा परिचित भायानेट आइ. एस. ओ. ९००१ः२०१५ प्रामाणिक कम्पनी हो ।

भायनेटले आफ्ना ग्राहकहरूलाई विश्वस्तरीय, गुणस्तरीय सेवा प्रदान गर्न नोकिया, जुनिपर, सिस्को र सियना जस्ता अत्याधुनिक प्रविधिमैत्री विश्वका प्रसिद्ध ब्राण्डहरूसँग सहकार्य गरेको छ । अत्याधुनिक प्रविधिको ब्रोडब्याण्ड सेवासँगै गुणस्तरीय टेलिभिजन सेवा प्रदान गरिरहेको भायानेट पछिल्लो समय देशैभरी विस्तार गर्ने क्रममा रहेको छ ।