
काठमाडौं, २५ साउन । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का विभिन्न कमिटीका बैठक बोलाउने भएको छ ।
आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि रणनीति तयार पार्न बैठक बोलाउन लागिएको हो ।
एमालेले केन्द्रीय सचिवालय, स्थायी कमिटी, पोलिटब्युरो हुँदै केन्द्रीय कमिटी बैठक बोलाउने तयारी गरेको हो ।
भदौ १५ भित्र पार्टीका सबै कमिटीको बैठक बस्ने तयारी गरिएको एमालेको एक नेताले बताएका छन् ।















प्रतिक्रिया