
काठमाडौं, २४ साउन । जापान पुगेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन क्षेत्र नम्बर ३ बाट निर्वाचन लड्ने घोषणा गरेका छन् ।
उनले त्यहाँ नेपाली पत्रकारहरुसँगको कुराकानीमा विभिन्न जिल्लाबाट चुनाव लड्न प्रस्ताव आए पनि आफू चितवनबाटै उम्मेदवारी दिने बताएका हुन् ।
पत्रकारले कास्की वा चितवनमध्येबाट कुन ठाउँबाट निर्वाचन लड्दै हुनुहुन्छ भन्ने प्रश्नको जवाफमा प्रचण्डले भने, ‘म चितवनबाटै लड्छु । मैले एकदम प्रष्टसँग ४/५ महिना अगाडिदेखि भनेको छु । म अन्तबाट होइन । अहिले चितवनबाटै चुनाव लड्छु । चितवनको पनि क्षेत्र नम्बर ३ बाट नै चुनाव चड्छु क्लियर हुनुहोला ।’















प्रतिक्रिया