३० आश्विन २०८३, शुक्रबार

अर्थतन्त्रमा बल पुर्‍याउने गरी वनको सदुपयोग गर्नुपर्छ: अध्यक्ष ओली

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ साउन । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय अर्थतन्त्रमा बल पुर्‍याउने गरी वनको सदुपयोग गर्नुपर्नेमा जोड दिएका छन् ।

नेपालमा वनको बहुआयाम रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले त्यसको सदूपयोग गरेर मुलुकमा रोजगारीको अवसर सिर्जना गर्न सकिने, विकास र समृद्धिको अभियानलाई तीब्रताका साथ अघि बढाउन सकिने पनि स्पष्ट पारे ।

सामूदायिक वन दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपालले सामूदायिक वनमार्फत् विश्वलाई सकारात्मक योगदान पुर्‍याएको पनि स्पष्ट पारे ।

सामूदायिक वनको अवधारणाको माध्यामबाट नै नेपालमा वनको विनाश रोकिएको र त्यसैकारण कार्बन व्यापारको सम्भावनाको मार्ग पनि खुलेको अध्यक्ष ओलीले स्मरण गराए ।

उनले भने, ‘विकासका लागि वन, समृद्धिका लागि वन, रोजगारीका लागि वन । वनका बहुआयाम छन् । ती सबै आयाम कसरी प्राप्त गर्ने ? वनको सुरक्षा हुनुपर्‍याे । र, त्यसको सदूपयोग पनि हुनुपर्‍याे ।