३० आश्विन २०८३, शुक्रबार

मैत्रीपूर्ण खेलका लागि २६ खेलाडीको सूची पठाए

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ साउन । नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले सेप्टेम्बरको फिफा डेमा खेलिने मैत्रीपूर्ण खेलका लागि २६ खेलाडीको प्रारम्भिक सूची अखिल नेपाल फुटबल संघ एन्फामा पठाएका छन् ।

राष्ट्रिय टिमका खेलाडीसँग विवादबारे छानबिन समितिले बुझाएको प्रतिवेदनबारे धारणा माग गरी एन्फा महासचिव किरण राईले पठाएको पत्रको जवाफ नदिएका नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले सेप्टेम्बरको फिफा डेमा खेलिने मैत्रीपूर्ण खेलका लागि २६ खेलाडीको प्रारम्भिक सूची अखिल नेपाल फुटबल संघ एन्फामा पठाएका छन् ।

अल्मुताइरीले क्याम्प छाडेका १० मध्ये दुई जना खेलाडी समावेश गरी २६ सदस्यीय खेलाडीको सूची पठाएका हुन् ।