शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

२२ वर्षकी युवतीको अचम्मको जागिर : पोर्न हेरे बापत प्रत्येक घण्टा २५ सय दिइने

एजेन्सी  २०७९ साउन २४ गते १८:१०

काठमाडौं, २४ साउन । स्कटल्याण्डकी एक २२ वर्षीया युवतीले अनौठो जागिर पाएकी छिन् । यो काममा उनले हरेक दिन पोर्न हेर्नुपर्छ । उनले पोर्न हेरेपछि यसबारे अनुसन्धान गर्नुपर्नेछ र कम्पनीलाई राम्रो पोर्न बनाउनका लागि सल्लाह सुझावसमेत दिनुपर्नेछ । यसका लागि युवतीलाई हरेक घण्टा २० डलर ९२५ सय रुपैयाँ भुक्तानी गरिनेछ ।

यी महिलाले पोर्न साइट बेड–बाइबिलका लागि काम गर्नेछिन् । कम्पनीको आधिकारिक ट्वीटर ह्यान्डलबाट यसबारे जानकारी दिइएको छ ।

यो जागिरका लागि ९० हजारले आवेदन दिएका छन्

बेड(बाइबलमा पोर्न रिसर्च हेडको पदका लागि ९० हजारभन्दा बढीले आवेदन दिएका छन् । यसका लागि संसारभरबाट आवेदनहरू आएका थिए । तीमध्ये २२ वर्षीया रेबेका डिक्सन पनि एक थिइन् । अत्यधिक प्रतिस्पर्धापश्चात् यो कामका लागि रेबेका छनोट भएकी हुन् । सुरुमा उनलाई बेड(बाइबलमा सबैभन्दा धेरै पटक हेरिएका १०० वटा पोर्न हेर्नका लागि दिइन्छ ।

रेबेकाले भनिन्, ‘यो संसारको सबैभन्दा राम्रो काम ’

‘न्यूयोर्क पोस्ट’ ले रेबेकाको अन्तरवार्ता लिएको छ । जसमा रेबेकाले पोर्न रिसर्च हेडको कामलाई विश्वकै उत्कृष्ट काम भनेकी छिन् । उनले यसबारे कुरा गर्दै भनिन्, ‘म खुल्ला विचारकी केटी हुँ, केही नयाँ काम गर्नका लागि मलाई कुनै आपत्ति छैन । यो भिन्न प्रकारको काम हो । यसका विभिन्न चुनौतीका लागि तयार छु ।’

सेक्स पोजिसन र आवाजलाई पनि ध्यान दिनुपर्नेछ

कामका बेला रेबेकाले पोर्न भिडियोलाई निकै सुक्ष्म ढङ्गले केलाउनुपर्नेछ । उनले पोर्नको आवाज र त्यसमा काम गर्ने महिला र पुरुषको आँकडा पनि जम्मा गर्नुपर्नेछ । साथै उनले सेक्स पोजिसनबारे पनि जानकारी जम्मा गरेर त्यसबारे रिपोर्ट लेख्नुपर्नेछ ।

प्रतिक्रिया
सम्बन्धित