
काठमाडौं, २४ साउन । काठमाडौं उपत्यकाको फोहोर बोकेका गाडीमाथि तोडफोड भएको छ ।
मंगलबार विहान फोहोर बोकेर गएको गाडीमाथि सिस्डोल–बञ्चरेडाँडा सडकखण्डको आलेटार भन्ने ठाउँमा टीपर र डोजरमाथि अज्ञात समूहले तोडफोड गरेका हुन् ।
प्रहरीले १४ वटा फोहोरका गाडी र सडक मर्मतमा प्रयोग भएका तीनवटा डोजर तोडफोड भएको जनाएको छ ।
बञ्चरेडाँडाका स्थानीयबासीहरुले फोहोर फाल्न नदिने जनाउँदै आएका कारण तोडफोड भएको हुनसक्ने बताइएको छ ।
गाडीमाथि तोडफोड भएपछि उपत्यकाको फोहोर व्यवस्थापनमा फेरि चुनौती थपिएको छ ।















प्रतिक्रिया