
काठमाडौं, २४ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले बहुमतको बलमा पारित गरेको राष्ट्रघाती नागरिकता विधेयक फिर्ता गर्ने संकेत गरेकी छन् ।
हाल संसदद्वारा पारित भई प्रमाणीकरणका लागि विधेयक राष्ट्रपतिसमक्ष पेश भएको छ ।
राष्ट्रपति भण्डारीले स्वार्थका लागि शासक वर्गले घुँडा टेके राष्ट्र कमजोर बन्ने बताउँदै विधेयक फिर्ता गर्ने संकेत गरेकी हुन् ।
सरकारले विवाह गरेर नेपाल आउनेबित्तिकै राजनीतिक अधिकारसहितको अंगीकृत नागरिकता दिने प्रावधानसहितको नागरिकता विधेयक संसदबाट पारित गरेको छ । विधेयक राष्ट्रपतिले फिर्ता गर्नुपर्ने भन्दै दिनहुँ विभिन्न अभियन्ताहरुले भेट्दै आएका छन् ।
राष्ट्रपति भण्डारीले विभिन्न नागरिक समाजका टोलीहरूसँग इतिहासमा समेत सच्याउन नसकिने काम गर्न नहुने बताएकी छन् । यसबाट उनले नागरिकता विधेयक फिर्ता गर्ने संकेत गरेको बताइएको छ ।















प्रतिक्रिया