३० आश्विन २०८३, शुक्रबार

अनेसास बाल समितिमा डा. प्रकाश पौडेल मनोनित

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका, २३ साउन । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को बाल समितिमा अष्ट्रेलियाका डा. प्रकाश पौडेल मनोनित भएका छन् ।

अनेसास केन्द्रीय कार्यसमितिका अध्यक्ष गोवर्द्धन पूजाको अध्यक्षतामा हालै बसेको बैठकले उक्त निर्णय गरेको हो ।

समितिले बालसाहित्यिक सम्मेलन, बालकृति प्रकाशन र गोष्ठीहरूको आयोजना गरी बालबालिकालाई नेपाली भाषा र साहित्यप्रति चासो जगाउँदै सहभागिताका लागि वातावरण बनाउने छ ।

मनोनित डा. पौडेलले बालबालिकाको लागि भाषा प्रशिक्षण दिनाका साथै साहित्यिक सृजना पनि गर्दै आएका छन् ।