३० आश्विन २०८३, शुक्रबार

बैंकिङ कसूरमा १० लाख जरिवानासहित कैद तोकिएका फरार अभियुक्त पक्राउ

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौं, २३ साउन । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी बुढानिलकण्ठ नगरपालिका–१० ज्योतिनगर एकतावस्ती कपन बस्ने सर्लाही ब्रम्हपुरी गाउँपालिका–२ घर भएका ३४ वर्षीय रौशन कुमार गुप्तालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटनको २०७७ फागुन २३ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ४ दिन कैद र १० लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं बुढानिलकण्ठ नगरपालिका–१० ज्योतिनगर एकतावस्ती कपनबाट पक्राउ गरेको हो ।

गुप्ताले आफ्नो बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी पीडितलाई झुक्यानमा पारी सानिमा वैंक लिमिटेड काठमाडौंमा रहेको खाताबाट रकम भुक्तान हुने भनी दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै अदालतले उक्त फैसला गरेको थियो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।