
काठमाडौं, २३ साउन । ब्राजिलका मार्सल आर्टका वर्ल्ड च्याम्पियन लियन्द्रो लोमाथि प्रहरीले गोली हानेको छ ।
उनको हत्या प्रयासमा गोली हानिएको हुनसक्ने भन्दै अनुसन्धान थालिएको बीबीसले जनाएको छ ।
उनीमाथि साओपाउलोको एक नाइट क्लबमा प्रहरीले गोली हानेको बीबीसीले उल्लखे गरेको छ ।
गोली प्रहारबाट घाइते भएका ३३ वर्षीय लियोन्द्रोलाई डाक्टरहरुले ब्रेन डेथ भएको बताएका बीबीसीले जनाएको छ ।
ड्युटीमा नरहेका एक जना प्रहरी अधिकृतले उनीमाथि गोली हानेर फरार भएको प्रत्यक्षदर्शीले जनाएका छन् ।
लो जियु–जित्सु एथलिट च्याम्पियनसिपको हालसम्मकै सफल खेलाडी मानिन्छ । यो विधामा उनले आठ पटक विश्व विजेता बनिसकेका छन् ।
जियु–जित्सु ब्राजिलको एक मार्सल आर्ट र कोम्ब्याट स्पोर्ट हो । यो ग्राउण्ड फाइटिङ र सबमिशन होल्डमा आधारित छ ।
उनको हत्याको कोसिस गरिएको घटनामा प्रहरीले अनुसन्धान थालेको जनाएको छ ।















प्रतिक्रिया