३० आश्विन २०८३, शुक्रबार

राष्ट्रिय सभा बैठक बस्दै, के-के छन् कार्यसूची ?

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ साउन । राष्ट्रिय सभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्ने बैठक १२ औँ अधिवेशनको ४५ औँ बैठक हो ।

संसद सचिवालयका अनुसार बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा जानकारी गराउने सम्भावित कार्यसूची रहेको रहेको छ ।

यस्तै, अध्यक्ष तिमिल्सिनाले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १४९ बमोजिम विषयगत समितिमा रहने सदस्यहरूको नाम मनोनयनका लागि प्रस्ताव गर्ने सम्भावित कार्यसूची रहेको छ ।

अध्यक्ष तिमिल्सिनाले नै राष्ट्रिय सभाका विषयगत समितिका सभापतिको निर्वाचनको मिति र समय तोक्ने समेत सम्भावित कार्यसूची रहेको छ ।