
काठमाडौं, २२ साउन । एटीएम मेसिनबाट रकम चोर्दै गर्दा प्रहरीले पर्वत कुश्मा नगरपालिका वडा नं.३ बस्ने २३ वर्षीय कृष्ण बहादुर बिकलाई प्रहरीले पक्राउ गरेको छ ।
साउन २० गते राति महानगरपालिका वडा नं. १७ बिरौटा स्थित एनआईसी एशिया बैकको एटिएम मेशिन फोर्ने प्रयास गरेको भन्ने सूचनाका आधारमा प्रहरी परिचालन हुँदा बिक पक्राउ परेका हुन् ।
कास्की जिल्ला अदालत कास्कीबाट चोरी उद्योग मुद्दामा दिन ७ को म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बिक यसभन्दा अगाडी माछापूच्छ्रै बैकको एटिएम मेशिन फोर्दै गरेको अवस्थामा पक्राउमा परी अदालतबाट एक लाख धरौटी जम्मा गर्न नसकी पुर्पक्षको लागि थुनामा गएका थिए । पछि अदालतबाट मुद्दा फैसला हुँदा तोकिएको कैद भुक्तानी गरी छुटेको समेत अभिलेखबाट देखिएको प्रहरीले जनाएको छ ।















प्रतिक्रिया