बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

महिनावारीमा यौनसम्पर्क गर्नु कति उचित ?

दैनिक नेपाल २०७९ साउन २२ गते १८:३८

काठमाडौं, २२ साउनधेरै महिला पुरुषहरुमा महिनावारी भएको बेला (सेक्स)यौन सम्पर्क गर्न मिल्छ कि मिल्दैन भन्ने बारेमा जिज्ञासा रहने गरेको छ ।

तर यसका बारेमा वैज्ञानिकहरुले भने फरक धारणा सार्वजनिक गरेका छन् । उनीहरुले गरेको अधययन अनुसार महिनावारीको बेलामा यौन सम्पर्क गर्न मिल्छ । तर, सुरक्षित सम्पर्कमा ध्यान पुर्याउनुपर्छ । कन्डम लगाएर यौन सम्पर्क गरेमा संक्रमणबाट बच्न सकिन्छ ।

उनीहरुले भनेका छन् । यो व्यक्तिगत इच्छामा पनि भर पर्ने कुरा हो । कसैलाई महिनावारी भएको बेला सम्भोग गर्ने मन हुन्छ भने कसैलाई हुँदैन ।

तर, हाम्रो समाजको चलनचल्तीको कुरा गर्ने हो भने महिनावारीको बेला सम्पर्क गर्नुलाई राम्रो मानिँदैन, परम्परागत भाषामा नछुने भएको सम्म भनिन्छ । तर महिनावारी भएका बेला यौन सम्पर्क गर्न नहुने भन्ने कुनै बैज्ञानिक तथ्य भने छैन ।

महिनावारीको बेला सम्पर्क गर्दा महिलालाई फाइदा हुन्छ । यस्तो बेलामा सम्भोग गर्दा निस्कने हर्मोनले महिनावारीको दुखाइ कम गर्छ । धेरै महिलाले अरू बेलाभन्दा महिनावारी भएको बेला सम्पर्क गर्दा बढी आनन्द लिने गर्छन् ।

यति हुँदाहुँदै पनि असुरक्षित सम्पर्क गरेमा यौन रोग लाग्ने मात्र होइन, गर्भवती हुनसक्ने खतरा समेत रहन्छ । यसकारण महिनावारी भएको बेला ध्यान दिनु जरुरी हुन्छ ।

महिनावारी शुरु हुँदा, प्रोजेस्ट्रोन भन्ने होर्मोनेले गर्दा पाठेघरमा कन्ट्रयाक्सन शुरु गराउँछ जसले गर्दा पाठेघरबाट रगतसहित अरु पदार्थहरू महिनावारीको रूपमा बाहिर निस्कछ ।

महिनावारीको बेला सम्पर्क गर्दा, चरमसुखको बेला पाठेघरमा कन्ट्रयाक्सन हुन्छ, जसले गर्दा, सम्भोगपछि अरु पदार्थसहित रगत अलि बढी बग्नसक्छ । र महिनावारीको समयावधिलाई पनि कम गर्छ । महिनावारी हुँदा सुरक्षित तरिकाले यौन सम्पर्क गर्दा कुनै हानी नहुने चिकित्सको भनाई छ ।

प्रतिक्रिया
सम्बन्धित