शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

हेल्थ एट होमद्वारा बिरामीको घरमै रेडियोलोजी सेवा शुरू, एक्स–रेलगाय सेवा उपलब्ध गराउने तयारी

दैनिक नेपाल २०७९ साउन २२ गते १६:४८

काठमाडौं, २२ साउन । हेल्थ एट होम मेडप्रो इन्टरनेशनल प्रालिले बिरामीका लागि घरमै पुगेर रेडियोलोजी सेवा दिने भएको छ ।

यसअघि घरमै पुगेर स्वास्थ्य सेवा दिइरहेको हेल्थ होमले घरमै रेडियोलोजी सेवा दिने कार्य पनि शुरू गरेको हो । आफ्नो ओछ्यानमै रेडियोलोजी सेवा चाहिने बिरामीहरूलाई लक्षित गर्दै कम्पनीले यो सेवाको शुरूवात गरेको जानकारी दिएको छ ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ)का भूतपूर्व एचओडी प्राडा रामकुमार घिमिरे र मेडिसिटी अस्पतालका वर्तमान प्रमुख डा. रामकुमार घिमिरेले घरमै स्वास्थ्यको रेडियोलोजी विभागको उद्घाटन गरे । विभागको नेतृत्व डा. प्रदीपराज रेग्मी र डा. उज्ज्वल भट्टराईले गरेका छन् । बिरामीहरूले यो अतिआवश्यक सेवा प्रयोग गर्न शुरू गरिसकेको बताइएको छ ।

घरमा स्वास्थ्यको रेडियोलोजी विभागले अल्ट्रासाउण्ड र इकोकार्डियोग्राफी प्रदान गर्ने बताइएको छ । हेल्थ एट होमले निकट भविष्यमा एक्स–रे र अन्य विभिन्न रेडियोलोजी सेवा समेत थप्ने लक्ष्य राखेको बताएको छ ।

१२ वर्षअगाडि डा. विशाल ढकालले स्थापना गरेको हेल्थ एट होमले घरघरमा पुगेर स्वास्थ्य सेवा दिँदै आएको छ । हाल हेल्थ एट होममार्फत करिब एक लाख भन्दा बढी घरले स्वास्थ्य सेवा लिइसकेका छन् । हेल्थ एट होमले घरमै पुगेर बिरामीको उपचार गर्ने, ल्याब टेस्ट तथा रिपोर्ट लिने, विभिन्नकिसिमका थेरापी दिने लगायत कार्य गर्दै आएको छ ।

देशव्यापी सञ्जाल बनाउने उद्देश्य राखेको हेल्थ एट होमले उपत्यकाबाहिर तीन वटा शाखामार्फत आफ्नो सेवा दिँदै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित