मंगलबार, ११ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ११ वैशाख २०८१

२४ घण्टामा थप ५५३ जनामा कोरोना संक्रमण पुष्टि

दैनिक नेपाल २०७९ साउन २२ गते १५:२६

काठमाडौं, साउन २२ -पछिल्लो २४ घण्टामा देशभर ५५३ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । कुल ३ हजार ७८९ जनाको नमुना परीक्षण हुँदा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आरटी पीसीआर विधिबाट भएको परीक्षणमा ४५१ र एन्टिजेन विधिबाट भएको परीक्षणमा १०२ जनामा संक्रमण पुष्टि भएको छ। सोही अवधिमा ४३३ जना निको भएको पनि मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन । हाल देशभर सक्रिय संक्रमित ५ हजार ६५९ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित