
काठमाडौं, २२ साउन । प्रहरीले अनसनरत २० वर्षीया कुमारील आमा निहारिका राजपुतलाई नियन्त्रणमा लिएको छ ।
आफू बलात्कृत भएको र प्रशासनले कानूनी लडाइँमा सहयोग नगरेको भन्दै प्रदर्शन गरिरहेको राजपुतलाई प्रहरी वृत्त सिंहदबारको टोलीले आइतबार बिहान सर्वोच्च अदालत परिसरबाट उनलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनले निषेधित क्षेत्र तोडेपछि नियन्त्रणमा लिइएको बताएको छ ।
उनी आफ्नो बच्चाको डीएनए परीक्षण गरिनुपर्ने भन्दै अनसन बसेकी थिइन् । उनले घटनाबारे सुरुदेखि पुनः जाँच गरिनुपर्ने माग राख्दै आएकी छन् ।
आफूमाथि जनकपुरका शिवराज श्रेष्ठले बलातकार गरेर त्यसको तस्वीर र भिडियो पनि बनाएर ब्ल्याकमेल गरेको उनको भनाइ छ ।
तर जिल्ला अदालत धनुषाले २४ माघ २०७८ मा श्रेष्ठलाई सफाइ दिएको छ । त्यसविरुद्ध उनी उच्च अदालत जनकपुर पुगेकी छन् । मुद्दा अदालतमा विचाराधीन छ ।















प्रतिक्रिया