३० आश्विन २०८३, शुक्रबार

सिके राउतले छुट्टछुट्टै भेटे ठाकुर र यादवलाई

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ साउन । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका अध्यक्ष महन्थ ठाकुर र जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् ।

सप्तरी क्षेत्र नं. २ बाट प्रतिनिधिसभामा उम्मेदवारी घोषणा गरेका राउतले उनीहरुसँग आगामी निर्वाचनमा सहकार्य गर्नेबारे छलफल गरेको बताइएको छ ।

जसपाका अध्यक्ष यादवकै क्षेत्रबाट उम्मेदवारी घोषणा गरेका राउतले रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीसहित अन्य दलहरूसँग पनि सहकार्यका लागि संवाद जारी राखेको बताए ।

स्थानीय निर्वाचनमा असफल भएपछि जनमत पार्टीले अन्य पार्टीसँग सहकार्यको रणनीति लिएको छ ।