३० आश्विन २०८३, शुक्रबार

अमेरिकाको ड्यालसमा ४६ जनाले गरे रक्तदान

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ड्यालस, २२ साउन । अमेरिकाको ड्यालसमा ४६ जनाले रक्तदान गरेका छन् ।

हिमालय खबर अनलाइनसहित चार संस्थाहरुको संयुक्त आयोजनामा शनिबार टेक्ससको युलेसमा रक्तदान गरिएको हो ।

हिमालय खबर, सिटी अफ युलेस, ब्लड डोनर्स अमेरिकाको आयोजना र अमेरिकी रेडक्रसको संयोजनमा भएको रक्तदानमा ५९ जनाले रक्तादानका लागि नाम दर्ता गराएका थिए । जसमध्ये कार्यक्रममा उपस्थित ४६ जनाले रक्तदान गरेका हुन् ।

कार्यक्रममा रक्तदाताहरुलाई युलेस सिटीकी मेयर लिण्डा मार्टिनले प्रमाणपत्र प्रदान गरेकी थिइन् । उनले रक्तदान जस्तो मानवीय सेवाको कार्यमा संलग्न हुन पाउँदा खुशी लागेको बताइन् ।

कार्यक्रममा ब्लड डोनर्सका पूर्ब अध्यक्ष डा. नन्द रेग्मी, टेक्सस शाखा अध्यक्ष अजय बगाले, सिटी काउन्सिल सदस्यहरु टीका पौडेल, इडी प्राइस, हिमालय खबरका प्रवन्ध सम्पादक विकास राज न्यौपाने, शिव काफ्ले लगायतले मन्तव्य राखेका थिए ।

यसअघि कार्टर ब्लड सेन्टरसँग मिलेर रक्तदान हुने गरेकोमा पहिलोपटक रेडक्रससँग रक्तदान गरिएको हो । कार्यक्रममा नेपाली समुदायका अग्रजहरु समेतको सहभागिता थियो ।

टेक्ससको युलेसमा प्रधान कार्यालय रहेको हिमालय खबरले सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रम गरेको हिमालयखबरका कार्यकारी व्यवस्थापक विशाल शर्माले बताए ।

उनले सिटीसँग मिलेर आगामी दिनमा अझै रचनात्मक र समुदायलाई फाइदा पुग्ने कार्यक्रम गर्न चाहेको उल्लेख गरे ।