
काठमाडौं, २२ साउन । निर्वाचन आयोगले आजदेखि आगामी मंसिर ४ गेते हुने प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि दल दर्ता सुरु गर्दैछ ।
दल दर्ता अजादेखि साउन मसान्त (साउन ३१) सम्म तोकिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।
आयोगमा २०७९ साउन १९ सम्म दर्ता कायम भएका राजनीतिक दलहरु प्रत्यक्ष र समानुपातिक तर्फको निर्वाचन प्रयोजनका लागि दर्ता हुन पाउने छन् । दल दर्ता गर्न काठमाडौंको कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयमा कार्यालय समयभित्र जानुपर्ने छ ।
दल दर्ताको निवेदन दिंदा राजनीतिक दलको पूरा र संक्षिप्त नाम, स्थापना भएको मिति, आयोगमा दर्ता भएको मिति, केन्द्रीय कार्यालय रहेको ठेगाना, पत्राचार गर्ने ठेगाना, टेलिफोन नम्बर, इमेल, वेबसाइट र सामाजिक सन्जालको खाता समेत खुलाउनु पर्ने छ ।
यसरी हुन्छ दल दर्ताः
















प्रतिक्रिया