
काठमाडौं, २१ साउन । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले काँग्रेसलाई बन्चरो, माओवादी केन्द्र र एकीकृत समाजवादीलाई त्यसको बिँड भएको टिप्पणी गरेका छन् ।
शनिबार पार्टी कार्यालयमा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै उनले बिँड बिनाको बन्चरोले रुख ढाल्न नसक्ने र एमालेरुपी रुख ढाल्न प्रचण्ड र माधव नेपालले बिँडको भूमिका खेलेको बताए ।
दुई तिहाईको कम्युनिष्ट सरकार तिनै बिँडले ढालेको भन्दै प्रचण्ड र माधव नेपालको पछि लाग्ने कार्यकर्तालाई कम्युनिष्ट पार्टी सिध्याउने बिँडको भूमिकामा नलाग्न सम्झाउने अभियान थाल्न आग्रह गरे ।
अध्यक्ष ओलीले रुख बन्चरोको कथा समेत सुनाएका छन् । संसदीय निर्वाचन र प्रदेशसभाका लागि हुने निर्वाचन मंसिर ४ गते हुँदै गरेको निर्वाचनमा भाग लिन लागिरहेका छौँ । पञ्चायत कालको शासनले काँग्रेसलाई दमन गरेको थियो ।
काँग्रेस शासनमा आएपछि उसले दमन गर्न सुरु गरेको छ । अहिले हामी काँग्रेसको चर्को दमनभित्र परेका छौँ, उसलाई दमन गर्न सजिलो भएको छ ।
भिडियो:















प्रतिक्रिया