
काठमाडौं, २१ साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप ६६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
बितेको २४ घण्टामा देशभर १ हजार ९४२ जनाको आरटी–पीसीआर गर्दा ३२६ जना र २ हजार ७४० जनाको एन्टिजेन परीक्षण गर्दा ३३४ जना गरी आज ६६० जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९ लाख ८९ हजार ६७६ जना पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण १ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९७१ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४४४ जना संक्रमित संक्रमणमुक्त भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमणमुक्त हुनेको संख्या ९ लाख ७२ हजार ६४ जना पुगेको छ । यो कुल संक्रमितको ९८ दशमल २ प्रतिशत हो ।
अघिल्लो दिन देशभर ६ हजार ४९१ जनाको नमूना परीक्षण गर्दा ९१२ जनामा संक्रमण पुष्टि भएको थियो भने कोरोना सङ्क्रमणका कारण थप १ जनाको मृत्यु भएको थियो । उक्त दिन ३७० जना संक्रमणमुक्त भएका थिए ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ६४१ जना छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा ५८ लाख ३३ हजार ५९१ जनाको स्वाब (नमूना) परीक्षण गरिएको छ भने अहिले ५ हजार ६४१ जना आइसोलेसनमा छन् ।















प्रतिक्रिया