
काठमाडौं, २१ साउन । पाँच दलीय सत्ता गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता गराएको महाभियोग प्रस्ताबारे भोलि बस्ने प्रतिनिधि सभा बैठकमा छलफल हुने भएको छ ।
संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा जबरामाथिको महाभियोग प्रस्तावलाई छलफलका लागि अगाढि बढाइने उल्लेख छ ।
०७८ फागुन २९ गतेको बैठकमा नेकपा माओवादीका सांसद देवप्रसाद गुरुङले नेपालको महाअभियोग प्रस्ताव दर्ता गराएका थिए । उक्त प्रस्तावमा सत्तासिन दलहरू नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको समर्थन छ ।
यी दलहरूले संविधानको धारा १०१ को उपधारा (२) एवम् प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १६१ को उपनियम (१) बमोजिम महाअभियोग प्रस्ताव पेश गरेका हुन् । तर, पारित गर्न आवश्यक ससांसद संख्याको अभावमा यो प्रस्ताव अगाडि बढ्न सकेको थिएन ।
प्रधानन्यायाधीश राणाविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराएर आवश्यक छलफलमा नल्याइएको भन्दै विपक्षी दलहरूले चर्को आलोचना गरिरहेका बेला उक्त प्रस्ताव अगाडि बढाउन लागिएको छ । सत्ताधारी दलहरूले आफ्नो दलीय स्वार्थ पूरा गर्नका लागि मात्रै प्रधान न्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव ल्याएको आरो लाग्दै आएको छ ।















प्रतिक्रिया