
काठमाडौं, २१ साउन । श्रमिकहरुको संगठन ट्रेड युनियन महासंघ नेपाल (टुकोन)ले काठमाडौंमा युवा दस्ता बनाएको छ ।
राजधानीमा शनिबार एक कार्यक्रमको आयोजना गरी महासंघले टुकोन युथ काउन्सिल (टीवाइसी) काठमाडौं जिल्ला कार्यसमिति गठन गरेको हो ।
प्रदिप राना मगरको अध्यक्षतामा गठित सो समितिको उपाध्यक्षमा कुमार तामाङ, सचिवमा धनराम थापा र कोषाध्यक्षमा दिल कुमार तामाङ चयन भएका छन् । यसैगरी सदस्यहरूमा सुनवीर तामाङ, दिपक सुवेदी, मनोज श्रेष्ठ, प्रवीण राना, विकास गुरुङ, राजिव तिवारी, रमेश भुजेल, शेषदिल साह, हर्कमान लिम्बु, लक्ष्मण गुरुङ तथा विकास गुरुङ छन् ।
टुकोन युथ काउन्सील काठमाडौं जिल्ला कार्यसमिति गठनको लागि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राप्रपा नेपालका उपाध्यक्ष जयकुमार खड्काले नवगठित समितिलाई बधाई तथा शुभकामना व्यक्त गर्दै श्रमिकहरुको हकहित स्थापनाको लागि टुकोनले गर्ने हरेक आन्दोलनमा राप्रपा नेपालको पूर्ण साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गरेका छन् ।
मन्तव्यकै क्रममा राप्रपा नेपालका सहायक महामन्त्री एवं ट्रेड युनियन महासंघ नेपाल (टुकोन)का अध्यक्ष हिक्मत जंग भण्डारीले टीवाइसी स्थापनाको उद्देश्यमाथि प्रकाश पार्दै श्रमिकको हक अधिकार सुनिश्चित गर्ने आन्दोलनमा नवगठित टुकोन युथ काउन्सिल काठमाडौंले अग्रणी भूमिका निर्वाह गर्ने आशा र विश्वास व्यक्त गरे ।















प्रतिक्रिया