शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

पवित्रा र उषालाई ‘निशा घिमिरे स्मृति पुरस्कार’ दिइँदै

दैनिक नेपाल २०७९ साउन २१ गते १५:०९

काठमाडौं, २१ साउन । अभिनेत्री पवित्रा आचार्य र मोडल उषा उप्रेतीलाई ‘निशा घिमिरे स्मृति पुरस्कार’ प्रदान गरिने भएको छ ।

‘निशा घिमिरे स्मृति कोष’को साउन १४ गते बसेको बैठकले स्थापना वर्षको ‘निशा घिमिरे स्मृति पुरस्कार’ अभिनेत्री, मोडल तथा कोरियोग्राफर पवित्रा आचार्य र मोडल उषा उप्रेतीलाई प्रदान गर्ने निर्णय गरेको हो । उनीहरूले जनही २५ हजार रुपैयाँ र सम्मानपत्र प्राप्त गर्ने छन् ।

बैठकले नर्भिक अस्पतालका मेघा चौधरी, सञ्चारकर्मी प्रकाश सुवेदी र नवजीवन परोपकार समाजलाई विशेष सम्मान गर्ने निर्णय पनि गरेको बताइएको छ । उक्त पुरस्कार तथा सम्मान भदौ १६ गते एक समारोह आयोजना गरी प्रदान गरिने बताइएको छ ।

केही वर्षअगाडि भारतमा सडक दुर्घटनामा परेकी अभिनेत्री तथा मोडल निशा घिमिरेलाई नेपालमा ल्याएपछि नवजीवन परोपकार समाजको पहलमा नर्भिक अस्पतालकी मेघा चौधरीमार्फत नर्भिक अस्पतालमा निःशुल्क उपचार भएको थियो । ५÷६ महिनाको उपचार प्रयासपछि ०७८ भदौ १६ गते निधन भएको थियो ।

उनै घिमिरेको नाममा गत वर्ष नवजीवन परोपकार समाज र नेपाल चलचित्र कलाकार संघको पहलमा एउटा संरक्षण कोष गठन गरिएको थियो । हाल उक्त स्मृति कोषमा दुर्गानाथ दाहाल, मोहन निरौला र स्व. निशा घिमिरेकी दिदी उषा घिमिरे छन् ।

प्रतिक्रिया
सम्बन्धित