
काठमाडौं, २१ साउन । अष्ट्रेलियाको सिड्नीमा आयोजित ‘एनुअल चिफ अफ डिफेन्स (सीएचओडी) कन्फ्रेन्स–२०२२’ मा सहभागी भइ नेपालका प्रधानसेनापति प्रभुराम शर्मा शुक्रबार स्वदेश फर्किएका छन् ।
उक्त कन्फ्रेन्समा सहभागी हुन शर्मा यही साउन ९ गते अष्ट्रेलिया गएका थिए । साथै रक्षा मन्त्रालयले असार २२ गते गरेको निर्णय अनुसार शर्माले पाएको ९ दिनको बिदा समेत उनले अष्ट्रेलियामै व्यतित गरेका छन् । मन्त्रालयस्तरको निर्णय गरी उनलाई साउन १२ गतेदेखि २० गतेसम्म अष्ट्रेलियामै रहनेगरी घरविदा दिइएको थियो ।
उक्त कन्फ्रेन्समा प्रधानसेनापति शर्मा अन्तर्राष्ट्रिय सुरक्षा वातावरण, प्रविधि, जलवायु परिवर्तनलगायत समसामयिक विषयहरुमा भएका छलफल तथा अन्तरक्रियामा सहभागी भएका थिए ।
यस किसिमको छलफल तथा अन्तरक्रियाबाट सहभागी राष्ट्रहरुका सेना र नेपाली सेनाबीच आपसी सैनिक सम्बन्ध र सद्भावमा थप विस्तार हुन गई सैनिक कुटनीतिमार्फत नेपालको परराष्ट्र नीतिलाई समेत सकारात्मक योगदान पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।















प्रतिक्रिया