शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

स्वतन्त्र अभियान भ्रमको खेती : ओली

दैनिक नेपाल २०७९ साउन २० गते २०:३७

काठमाडौं, २० साउन ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन प्रयोजनका लागि स्वतन्त्र अभियान भ्रमको खेती भएको बताउनुभएको छ ।

झापा क्षेत्र नं ५ का कार्यकर्ताहरुसँग आज काठमाडौ.भेटघाट गर्दै अध्यक्ष ओलीले स्वतन्त्र अभियान भनेर कुनै युवाले पनि अलमलिनु नहुने बताउनुभएको छ । ‘स्वतन्त्र अभियान भनेको के हो ?’ अध्यक्ष ओलीले भन्नुभयो ‘यो केवल भ्रमको खेती हो । यसमा कोही पनि अलमलिनु हुदैन । ’

अध्यक्ष ओलीले अहिले बहसमा ल्याइएको ‘नो भोट अभियान’मा पनि युवाहरुलाई नभुलिन आग्रह गर्नुभएको छ । यी सबै एमाले विरुद्धका फण्डा भएकोले त्यसमा सचेत युवाहरु अलमलिनु नहुने अध्यक्ष ओलीको भनाइ छ ।

‘नो भोट अभियान एमाले सम्बद्ध युवाहरुलाई दिग्भ्रमित पार्न ल्याइएको एउटा हल्ला हो’ अध्यक्ष ओलीले भन्नुभयो ‘सबै राजनीतिक दल उस्तै छन् भनेर एमालेलाई पनि एउटै डालामा हाल्ने प्रयास हो यो । तर एमाले अरु भन्दा फरक छ ।’

प्रतिक्रिया
सम्बन्धित