३० आश्विन २०८३, शुक्रबार

अध्यक्ष ओलीको टिप्पणी : कांग्रेस कुखुराको पोथी जस्तै हो (भिडियो)

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० साउन । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस कुखुराको पोथी जस्तो भएको टिप्पणी गरेका छन् ।

शुक्रबार साँझ तीनकुनेस्थित झापा काठमाडौं सम्पर्क मञ्च क्षेत्र नं. ५ को कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो टिप्पणी गरेका हुन् ।

उनले नेपाली कांग्रेसले बहुदलपछि २१ वर्ष सकारको नेतृत्व गर्दा पनि एउटै कार्य पनि राम्रो गरेको उदाहरण नभएको बताए । उनले २०४६ सालको जनआन्दोलनको प्रसंग स्मरण गर्दै कांग्रेसका नेताहरुले आन्दोलनमा सहभागी नजनाएको तर हल्ला गरेको बताए ।

माछाले धेरै अण्डा पार्ने तर केही हल्ला नगर्ने तर कुखुराको पोथीले एउटा अण्डा दिएपछि क्वाँ क्वाँ गर्दै ठूलो हल्ला गर्ने बताउँदै कांग्रेस त्यस्तै भएको ओलीको भनाई थियो ।

त्यस्तै, उनले देशलाई अग्रगमनमा लैजानका लागि आगामी निर्वाचनमा एमालेले अत्याधिक बहुमतले जित्नुपर्ने बताए । एमालेको सरकार हटेपछि विगत एक वर्षमा गठबन्धन सरकारले देशलाई अधोगतितिर लगेको ओलीले बताए । विगत एक वर्षमा सरकार र गठबन्धनका दलहरुले एमालेलाई गाली गर्नेबाहेक केही नगरेको ओलीको भनाइ थियो ।

त्यस्तै, उनले कार्यकर्ताहरुलाई निर्वाचनमा अत्याधिक बहुमत ल्याउनेगरी अहिल्यैदेखि तयारी गर्न पनि कार्यकर्ताहरुलाई आग्रह निर्देशन दिए ।

भिडियो: