शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

आउँदो निर्वाचन एमालेले नजित्ने हो भने देश बर्बाद हुन्छ: अध्यक्ष ओली

दैनिक नेपाल २०७९ साउन २० गते १९:०९

काठमाडौं, २० साउन । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले काँग्रेस र माओवादीले दुनियाँ ढाँटेर हिँडिरहेको टिप्पणी गरेका छन् ।

शुक्रबार सम्पर्क कमिटीको भेलामा बोल्दै अध्यक्ष ओलीले काँग्रेस र माओवादीको सरकाले चितवन एक घण्टामा पुग्ने व्यवस्था गरेको भनेर दुनियाँ ढाँटिरहेको आरोप लगाएका हुन् ।

‘अहिले काँग्रेस माओवादीले उधुमसँग दुनियाँ ढाँटेर हिँडिरहेका छन् । हाम्रो सरकारले एक घण्टामा चितवन पुर्याउने भयो भनेर’, अध्यक्ष ओलीले भने, ‘के गरेर पुर्याउँछन् पिठ्युँमा बोकेर पुर्याउँछन् केबलकार हाल्ने योजना त देखिदैन । टनेल बनाउने योजना पनि देखिँदैन ।

प्रतिक्रिया
सम्बन्धित