बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

अमेरिकामा रहेका चलचित्रकर्मीहरूको पहिलो भेला सम्पन्न

दैनिक नेपाल २०७९ साउन २० गते १८:३४

केन्टकी, २० साउन । समस्यामा रहेका नेपाली चलचित्रकर्मीहरूका लागि बेला बेलामा आर्थिक सहयोग प्रदान गर्दै आएको अन्तर्राष्ट्रिय नेपाली चलचित्र निर्देशक समूह अमेरिकाको संयोजनमा अमेरिकामा रहेको चलचित्र निर्माता, निर्देशक तथा कलाकारहरू बीच बृहत भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।

पहिलो पटक आयोजना गरिएको सो भेलामा अमेरिका बसेर नेपाली चलचित्रको विकाश र बिस्तारमा कसरी सहयोग पुर्उयाउने भन्ने बारे छलफल गरिएको छ । अमेरिकाको विभिन्न राज्यहरूमा यत्र तत्र छरिएर रहेका नेपाली चलचित्रकर्मीहरूको भेटघाट कार्यक्रम अमेरिकाको इतिहासमा पहिलो पटक सफलतापूर्वक सम्पन्न भएको छ ।

सो भेटघाट कार्यक्रम अमेरिकाको न्यूह्यामशयर राज्यको क्लेरमन्ट शहरमा जुलाई २९–३० मा सम्पन्न भएको हो । सो भेटघाटमा आफुहरूले अमेरिकामा रहेर पनि कसरी राम्रो चलचित्र बिदेशबाट समेत निर्माण गर्न सकिन्छ भनेर छलफल भएको चलचित्र निर्देशक सुमन दाहालले जानकारी गराएका छन् । कार्यक्रम यो ऐतिहासिक भएको र अमेरिकामा पहिलो पटक यसरि चलचित्र कर्मीहरूलाई एकै थलोमा जम्मा गराउन सकिएकोमा सबैले हर्ष व्यक्त गरेको पनि उनले बताए ।

यस कार्यक्रममा अमेरिका भएका सबैलाई समेट्ने प्रयास गर्दा गर्दै धेरै जनाको सहभागिता हुन् बिभिन्न परिस्थितिले सम्भव नभएको पनि उनले बताए । उक्त कार्यक्रममा चलचित्रकर्मीहरूका परिवारहरू सहितको उपस्थिति रहेको थियो । अमेरिकामा रहेता पनि लामो समय देखि भौतिक रुपमा भेटघाट हुन् नसकेको अवस्थालाई मध्य नजर गर्दै यस बर्ष न्यूह्यामशायर भेटघाटको तारतम्य मिलाइएको पनि उनले बताए ।

निर्देशक सुमन दाहालका अनुसार यस भेटघाट पछि अर्को बर्ष पनि भेटघाट कार्यक्रमको आयोजना गरिने पनि उनले बताए । सो भेटघाटमा करिव ६० जना चलचित्रकर्मीहरूको उपस्थिति रहेको पनि उनले जानकारी गराए ।

उक्त ऐतिहासिक कार्यक्रममा निर्देशकहरूमा किशोर सुब्बा,दिनेश कार्की,कृष्ण चापागाई, गोपाल चन्द्र लामिछाने, अनिल संगौला, सुमन दाहाल, शिवहरी पौडेल, मनोज तिमिल्सिना तथा बिकास घलेको उपस्थिति रहेको थियो ।

त्यसैगरी अभिनेताहरूमा अमृत लामा, राहुल केसी, सुन्दर श्रेष्ठ तथा दिनेश थापाको उपस्थिति रहेको थियो । अभिनेत्रिहरूमा अरूणा कार्की, सम्झना खडका अनुशुया श्रेष्ठ वन्तपनि कार्यक्रम उपस्थित थिए ।

भेटघाट कार्यक्रममा कलाकारहरूमा गोपाल अधिकारी (ट्वाकेन्द्र), निर्मातामा ध्रुव वन्त, पत्रकारमा सन्तोष रिमाल, संगीतकारमा श्याम नेपालीको पनि सहभागिता रहेको थियो । यसैगरी गायिका पविता परियार, गायक तिलक श्रेष्ठ, कलाकार रञ्जन बुढाथोकी, गीतकार अग्नि शर्मा, नृत्य निर्देशक देवी थापा, निर्मात्री प्रभा चापागाई समेतको सो भेटघाटमा सहभागी भए ।

उक्त भेटघाट कार्यक्रमको खानपिनको व्यवस्था बबी संग्रौला(पत्नी अनिल संग्रौला)ले गरेकी थिइन् भने सहयोगीको भूमिका दिपक मणि शर्माले गरेका थिए । निर्देशक अनिल संग्रौलाले आयोजना गरिएको उक्त कार्यकममा उपस्थिति जनाउनु हुने सबैमा आभार व्यक्त गरे ।

अर्को वर्ष अझ धेरै चलचित्रकर्मी जम्मा भएर चलचित्र उद्योगलाई धेरै भन्दा धेरै सहयोग गर्ने प्रतिवद्धतासहित सो भेला सम्पन्न भएको पनि दाहालले बताए ।

प्रतिक्रिया
सम्बन्धित