शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

क्यानडा पठाइदिने भन्दै रकम ठगी गर्ने शेर्पा पक्राउ

दैनिक नेपाल २०७९ साउन २० गते १७:५९

काठमाडौं, २० साउन । क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–६ बस्ने सिन्धुपाल्चोक बाह्रबीसे नगरपालिका–१ घर भएका ४७ वर्षीया छिरिङ डोमा शेर्पा छन् । उनलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

छिरिङ डोमाले एक पुरूषलाई वर्किङ भिषामा क्यानडा जानको लागि १४ लाख रुपैयाँ लाग्छ भन्दै क्यानडा पुगेपश्चात् प्रतिष्ठित कम्पनीमा काममा लगाई दिने २ लाख भन्दा बढी तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी नगद ७ लाख रुपैयाँ ठगी गरेको प्रहरीले बताएको छ ।

रकम लिई सम्पर्कविहीन भई ठगी गर्ने कार्यमा संलग्न उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं गोकर्णेश्वर अत्तरखेलबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित