शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

तालमेल गरेर निर्वाचनमा जाने पाँच दलीय सत्ता गठबन्धन दलहरूको निर्णय

दैनिक नेपाल २०७९ साउन २० गते १५:५६

काठमाडौं, २० साउन । सत्ता गठबन्धनमा संलग्न पाँच वटा दलहरूले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा तालमेल गरेर अगाडि बढ्ने निर्णय गरेका छन् ।

आज शुक्रकार बसेको सत्ता गठबन्धन दलहरूको बैठकले यस्तो निर्णय गरेको हो ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले संयुक्त विज्ञप्ति जारी गर्दै प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा पाँच दलीय गठबन्धनबीच चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गरेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित