शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

गठबन्धन बैठकः निर्वाचनमा सीट बाँडफाडका लागि कार्यदल गठन

दैनिक नेपाल २०७९ साउन २० गते १२:३७

काठमाडौं, २० साउन । सत्तारुढ पाँच दलीय गठबन्धनका दलहरुबीच आगामी मंसिर ४ गते हुने संघ र प्रदेशका निर्वाचनमा तालमेल गर्ने सहमति भएको छ ।

आज विहान बालुवाटारमा बसेको बैठकमा यस्तो सहमति भएको हो ।

बैठकले गठबन्धनका दलहरुबीच निर्वाचको सीट बाँफाडका लागि कार्यदल पनि गठन गरेको छ ।

९ सदस्यीय गठित कार्यदलमा नेपाली कांग्रेसबाट कृष्णप्रसाद सिटौला, महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की छन् भने माओवादी केन्द्रबाट देव गुरुङ र वर्षमान पुन छन् ।

त्यस्तै, नेकपा (एकीकृत समाजवादी)बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव, रकम चेम्जोङ र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् ।

कार्यदललाई साउन अन्तिमसम्ममा कुन दलले कति सीट लिनेबारे निर्णय गर्न भनिएको छ ।

प्रतिक्रिया
सम्बन्धित