बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

बिजबजारको साउन महिनामा भारी छुटसहितको ‘२० मा बिज’ अभियान

दैनिक नेपाल २०७९ साउन २० गते १०:३७

काठमाडौं, २० साउन । ई–कमर्स प्लेटफर्म बिजबजारले रोमाञ्चक र आकर्षक योजनाहरू एवं विविध उपहारहरूका साथ प्रत्येक महिनाको २० गते सञ्चालन गर्ने २० मा बिज नामक अभियानअन्तर्गतको साउन १९ गते राति १२ बजेदेखि २२ गते सम्म लाइभ हुने भएको छ ।

यही साउन २० गतेका दिन बिजबजारले अपराह्न ४ बजेदेखि राति ८ः२० बजेसम्म आफ्नो आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरी विभिन्न मनोरञ्जनात्मक क्रियाकलाप तथा खेलहरू सञ्चालन गर्ने जनाएको छ । जहाँ भाग्यशाली सेवाग्राहीहरू तथा विजेताहरूले विभिन्न आकर्षक उपहारहरू जित्न सक्नेछन् ।

यस अभियानअन्तर्गतको ट्रेण्डी अवतार अन्तर्गत सबै वर्गका ग्राहकहरूले फेसनसँग सम्बन्धित सामानहरूमा, इलेक्ट्रिफाइंग बचतअन्तर्गत इलेकट्रोनिक्स सामानहरूमा, हेल्थ एण्ड ब्युटि सम्बन्धी सामानहरूमा, गो स्पोर्ट्स क्रेजीअन्तर्गत खेलकुद तथा फिटनेस सामाहरूमा र ह्याप्पी पजअन्तर्गत घरपालुवा जनावरहरूका सामानहरूमा भारी छुट तथा योजनाहरू प्राप्त गर्न सक्नेछन् ।

साथै ‘पानी पर्‍यो अफर झर्‍यो’ अन्तर्गत मनसुनसँग सम्बन्धित साथै अन्य विभिन्न सामानहरूमा भारी छुटसहित अन्य आकर्षक अफरहरू समेत प्राप्त गर्न सक्नेछन्।

त्यसैगरी भाग्यमानी २० क्वीजअन्तर्गत २० जना विजेताहरूले रू १०० बराबरको मोबाइल टपअप जित्नेछन् साथै क्याच एण्ड विन खेलमा सहभागी हुँदा सेवाग्राहीले ५ वटा आकर्षक उपहार जित्न सक्नेछन् भने यो कहाँ पर्‍यो अन्तर्गत खेलमा विजेता हुने सेवाग्राहीहरूले आफूले मगाएको सामानमा निःशुल्क डेलिभरी समेत प्राप्त गर्न सक्नेछन् ।

२० मा बिजका लागि कम्पनीद्वारा निर्धारित सेवा तथा सर्तहरू लागु हुने कुरा कम्पनीले जनाएको छ ।

साना तथा मझौला उद्योग व्यवसायहरूलाई डिजिटल माध्यमबाट बजारसँग जोडी डिजिटल माध्यमबाटै व्यवसायको अभिवृद्धि र सेवाग्राहीहरूको आवश्यकता पूर्ति गर्न यो अभियान प्रभावकारी हुने विश्वास कम्पनीले लिएको छ ।

एन्ड्रोइड फोन प्रयोगकर्ताहरूले गुगल प्ले स्टोरमा गएर तुरुन्तै र सजिलै ‘बिजबजार अनलाइन सपिङ्ग एप’ डाउनलोड गर्न सक्नेछन् भने ल्याप–टप वा डेस्क–टपबाट बिजबजारको अनलाइन सपिङ्ग सेवा लिन चाहेमा सिधै www.bizbazar.com.np टाइप गरेर पनि यो सेवा लिन सकिनेछ ।

प्रतिक्रिया
सम्बन्धित