३० आश्विन २०८३, शुक्रबार

झापाको पालिया खोलामा शिशुको शव फेला

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

झापा, २० साउन । झापाको मेचीनगर नगरपालिका–६ स्थित पालिया खोलामा नवजात शिशुको शव फेला परेको छ ।

पानीमा तैरिरहेको अवस्थामा आज बिहान शव फेला परेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायब निरीक्षक ज्ञानकुमार महतोले जानकारी दिए ।

पूर्व–पश्चिम राजमार्गदेखि करिब सय मिटर दक्षिणमा शिशुको शव फेला परेको हो । शिशु जन्मनेबित्तिकै खोलामा फालेको प्रहरीको अनुमान छ । प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ ।